वैतडी । बैतडीमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। सिगास गाउँपालिका–८ बाट बझाङको देउलेखतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ त १३८४ नम्बरको ट्याक्टर आइतबार बिहान करिब १० बजेतिर सानीगाड खोलामा दुर्घटनामा परेको हो।

दुर्घटनामा परी सिगास गाउँपालिका–८ लुपुणका २५ वर्षीय लोकेन्द्र बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिएका छन्।

advertisement

ट्याक्टरमा चालकसहित दुई जना मात्रै सवार रहेका थिए। दुर्घटनापछि चालक फरार रहेका छन् भने उनको पहिचान खुल्न सकेको छैन। ट्याक्टर सडकबाट करिब दुई सय मिटर तल खसेको बताइएको छ।

प्रकाशित मिति: ६ बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com