काठमाडौं । काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित विष्णुमति खोलाको किनारमा चार थान पेस्तोल र ठूलो मात्रामा गोली फेला परेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाका अनुसार उक्त स्थानबाट चार थान टाइप–५४ पेस्तोल, तिनका सात थान म्यागजिन र ५८ राउण्ड गोली बरामद गरिएको हो। बरामद गरिएका गोलीमध्ये ९ एमएम बेरेटा पेस्तोलका गोली रहेको प्रहरीले जनाएको छ।

advertisement

आइतबार बिहान महानगरपालिका र प्रहरीको संयुक्त सरसफाइ टोलीले क्षेत्र सफा गर्ने क्रममा ती हतियार फेला पारेको हो। त्यसपछि विशेष सूचनाका आधारमा नेपाल प्रहरी अन्तर्गत प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उक्त हतियार नियन्त्रणमा लिएको थियो।

प्रारम्भिक अनुसन्धानका आधारमा ती हतियार जेनजी आन्दोलनका क्रममा प्रहरीबाटै लुटिएको हुनसक्ने आशंका गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: ६ बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com