काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूह शेरबहादुर देउवा पक्षले बोलाएको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठकमा नजाने भएको छ ।
आइतबार बिहान विशालनगरस्थित कोइरालाको सचिवालयमा बसेको समूहको बैठकले देउवा पक्षले बोलाएको बैठक बहिष्कार गर्ने निष्कर्ष निकालेको हो।
समूहका नेता तथा निवर्तमान सहमहामन्त्री जीवन परियारले आफूहरू यसअघि बोलाइएको बैठकमा पनि सहभागी नभएको र आजको बैठकमा समेत नजाने स्पष्ट पारे। उनले पार्टीभित्र आफूहरूको छुट्टै धार रहेको उल्लेख गर्दै आफ्नै रणनीतिअनुसार अघि बढ्ने बताए।
कोइराला समूहले पार्टीलाई एकताबद्ध राख्ने वा विभाजनतर्फ लैजाने जिम्मेवारी सभापतिमाथि नै रहेको संकेत समेत गरेको छ।
प्रकाशित मिति: ६ बैशाख २०८३, आइतबार













प्रतिक्रिया