काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष निर्वाचित सांसद नभएका निर्वाचन क्षेत्रमा समानुपातिकतर्फबाट निर्वाचित सांसदलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ।
आइतबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।
पार्टीका प्रवक्ता मनिष झाले का अनुसार सम्बन्धित जिल्ला र निर्वाचन क्षेत्रको विस्तृत सूची भोलि बस्ने केन्द्रीय समिति बैठकबाट अनुमोदन गरिनेछ।
प्रकाशित मिति: ६ बैशाख २०८३, आइतबार













प्रतिक्रिया