काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरा लाई नियुक्त गर्ने निर्णय गरेको छ।
आइतबार वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले बोहरालाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।
यसअघि प्रवास विभागको नेतृत्व डीपी अर्याल ले सम्हाल्दै आएका थिए। तर उनी सभामुख पदमा निर्विरोध निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भएकाले उक्त पद रिक्त रहेको थियो।
प्रकाशित मिति: ६ बैशाख २०८३, आइतबार













प्रतिक्रिया