काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले सोमबार काठमाडौंमा प्रदर्शन गरेको छ। बबरमहलस्थित नेपाल आयल निगम कार्यालय अगाडि धर्ना दिन पुगेका उनीहरूलाई प्रहरीले रोकेपछि उनीहरूले निगम नजिकै सडकमा प्रदर्शन गरेका हुन्।

अभियानले निगममै पुगेर ज्ञापनपत्र बुझाउने प्रयास गरेको थियो। तर समन्वय नभएको कारण देखाउँदै प्रहरीले उनीहरूलाई कार्यालय परिसरबाट हटाएको थियो। त्यसपछि बाहिर निकालिएका प्रदर्शनकारीहरूले ‘प्रहरी दमन मुर्दाबाद’ र ‘मूल्यवृद्धि फिर्ता गर’ लगायतका नारासहित विरोध जनाएका थिए।

advertisement

प्रदर्शनमा सहभागीहरूले छिमेकी देशहरूमा पेट्रोलियम पदार्थको मूल्य स्थिर रहँदा नेपालमा भने अत्यधिक वृद्धि गरिएको भन्दै आपत्ति जनाएका छन्।

उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी समेत दिएका छन्।

प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com