काठमाडाैं । सङ्खुवासभाको मकालु गाउँपालिका-२ फेकेदेममा खोलामा डुबेर एकै घरका दुई जना बालकको निधन भएको छ। मकालु-२ को सुकेखोला गएका १२ वर्षीय सुवास राई र ४ वर्षीय आकाश राईको ढुंगाबाट चिप्लिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।

प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार ढुंगाबाट चिप्लिएका भाइलाई बचाउन खोज्दा दाजुले समेत ज्यान गएको हो। आइतबार बेलुकीपख पौडी खेल्न गएका ४ वर्षीय आकाश राई ढुंगाबाट चिप्लिएर खोलामा खसेपछि उनलाई बचाउन दाजु सुवास राई खेलमा हामफालेका थिए।

advertisement

दाजुभाई करिब १५ मिटर तल खस्दा दुवै जना गम्भीर घाइते भएका थिए। प्रहरी र स्थानीयवासीको सहयोगमा दुवैलाई तत्काल सेदुवास्थित मकालु स्वास्थ्य केन्द्रमा पुऱ्याइ उपचारका लागिएको भएपनि उपचारकै क्रममा दुवै बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ।

प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com