काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन समय पुनः समायोजन गरिएको छ। सोमबार (वैशाख ७)देखि जेठ ४ गतेसम्म विमानस्थल दैनिक थप १ घण्टा ४५ मिनेट बन्द रहने निर्णय गरिएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राति ११:४५ बजेदेखि बिहान ६:३० बजेसम्म बन्द रहनेछ। यसअघि भने राति १ बजेदेखि बिहान ६ बजेसम्म मात्रै बन्द गरिँदै आएको थियो।

advertisement

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार करिब २७ दिनसम्म दैनिक ६ घण्टा ४५ मिनेट विमानस्थल बन्द रहनेछ। यो समय वृद्धि रनवे विस्तारसम्बन्धी निर्माण कार्यलाई तीव्रता दिनका लागि गरिएको हो।

विशेषगरी दक्षिणतर्फको ट्याक्सीवे र ह्याङ्गर क्षेत्रमा आवश्यक निर्माण कार्य सम्पन्न गर्न थप समय आवश्यक परेकाले बन्द अवधिमा वृद्धि गरिएको प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com