काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा भूपदेव शाह मनोनित भएका छन् ।

सोमबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले भूपदेव शाहलाई महामन्त्रीमा अनुमोदन गरेको हो । उनी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) निकट मानिन्छन् ।

advertisement

भूपदेव शाह यसअघि बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर रहेका बेला मेयरको सचिवालयमा कार्यरत थिए ।

फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा उनी अछाम–२ बाट पराजित भएका थिए ।

रास्वपाले केन्द्रीय समिति बैठकबाट भूपदेव शाहलाई महामन्त्री बनाउने निर्णय गरेसँगै पार्टीको संगठनात्मक संरचनामा नयाँ जिम्मेवारी दिइएको छ ।

अहिलेसम्म महामन्त्रीको पद खाली रहेको रास्वपामा भूपदेव शाहको मनोनयनलाई पार्टीभित्रको नेतृत्व विकासको रूपमा पनि हेरिएको छ ।

प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com