काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विचौलिया दीपक भट्टसँग नाम जोडिएको विषयमा गृहमन्त्री सुधन गुरुङबारे कुनै निर्णय नगरेको स्पष्ट पारेको छ।

वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय समिति बैठकपछि प्रवक्ता मनिष झाले सो विषयमा औपचारिक छलफल नै नभएको जानकारी दिएका हुन्।

advertisement

उनका अनुसार पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले सरोकारसम्बन्धी पत्र पठाए पनि त्यो बैठकको एजेन्डामा समावेश नभएकाले कुनै निर्णय हुन नसकेको हो।

‘हरेक विषय बैठकमै निर्णय हुनुपर्छ भन्ने छैन। आजको बैठकको एजेन्डामै यो विषय थिएन, त्यसैले छलफल पनि भएन,’ प्रवक्ता झाले भने।

उनले तीन दिनअघि नै बैठकको एजेन्डा सदस्यहरूलाई पठाइसकिएको र कुनै पनि केन्द्रीय सदस्यले औपचारिक रूपमा यो विषय उठान नगरेको पनि स्पष्ट पारे।

प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com