काठमाडौं । नेपाली बजारमा सुनको मूल्य १ हजार ६ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मुल्य तीन लाख एक हजार ३०० रुपैयाँ तोकिएको छ । हिजो दुई लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १६० रुपैयाँ कायम भएको छ । हिजो पाँच हजार १९० रुपैयाँमा काराेबार भएकाे थियो ।
प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया