काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर संरचना पुनरावलोकन गरी मूल्य घटाउन सरकारसँग माग गरेका छन्।
कोटेश्वरस्थित आजपा केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै प्रभु साहले अनावश्यक कर हटाइए उपभोक्ताले पेट्रोलियम पदार्थ सस्तो र सहज रूपमा पाउने बताए। उनका अनुसार अन्तर्राष्ट्रिय बजारअनुसार Indian Oil Corporation (आईओसी) बाट प्राप्त औसत करमुक्त मूल्य प्रतिलिटर १४९ रुपैयाँ १७ पैसामा पेट्रोल खरिद गरिँदै आएको छ, तर उपभोक्तालाई भने २१९ रुपैयाँमा बिक्री भइरहेको छ।
साहले सो मूल्य अन्तरलाई औचित्यहीन भन्दै विभिन्न शीर्षकमा लगाइएका कर र शुल्कबारे प्रश्न उठाए। ‘सरकारले किन यति धेरै कर जोडेर पेट्रोल महँगो बनाइरहेको छ?’ उनले भने।
हाल नेपाल आयल निगम ले पेट्रोलमा भन्सार तथा प्रज्ञापन शुल्क, सडक मर्मत संभार शुल्क, प्रदूषण शुल्क, पूर्वाधार कर, हरित कर र मूल्य अभिवृद्धि कर जस्ता विभिन्न शीर्षकमा रकम उठाउँदै आएको छ।
प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया