काठमाडौं। डोनाल्ड ट्रम्प ले इरान सँग कुनै सम्झौता नभएसम्म अमेरिकी पक्षले इरानी बन्दरगाह माथिको नाकाबन्दी नहटाउने बताएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा लेख्दै नाकाबन्दीका कारण इरानलाई ठूलो आर्थिक क्षति भइरहेको दाबी गरेका छन्। उनका अनुसार इरानले दैनिक ठूलो मात्रामा आर्थिक नोक्सानी बेहोरिरहेको छ र यो अवस्था लामो समय टिक्न नसक्ने स्थिति बनेको छ।

यसैबीच, इरानले भने अमेरिकी नाकाबन्दी हटाइएपछि मात्र कुनै पनि वार्ता सम्भव हुने अडान दोहोर्‍याएको छ। दुवै पक्षबीच कडा अडान कायम रहँदा दोस्रो चरणको वार्ता हुने वा नहुने विषय अझै अनिश्चित बनेको छ।

यस कूटनीतिक तनावबीच पाकिस्तान को राजधानी इस्लामावाद मा सम्भावित वार्ताका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। तर अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्ने चर्चा गरिएको जेडी भान्स भने अहिलेसम्म वासिङ्टनबाट प्रस्थान नगरेको बताइएको छ।

यस्तै, इरानले उक्त बैठकमा सहभागी हुने वा नहुने विषयमा अझै औपचारिक निर्णय नगरेको जनाएको छ। यसले वार्ताको भविष्य अझै अनिश्चित बनाएको छ।

प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com