काठमाडौं। प्रतिनिधि सभा को बैठकमा अबदेखि फोटो खिच्न तथा अडियो–भिडियो रेकर्ड गर्न नपाइने व्यवस्था गरिएको छ।

नयाँ व्यवस्था प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली को मस्यौदामा समेटिएको हो। नियमावलीको नियम २० अन्तर्गत बैठकमा पालना गर्नुपर्ने आचारसंहितामा यस्तो प्रावधान राखिएको छ।

advertisement

उपनियम (ट) अनुसार बैठक कक्षभित्र मोबाइल फोन साइलेंट अवस्थामा राख्नुपर्नेछ भने फोनमा कुरा गर्न, फोटो खिच्न तथा अडियो–भिडियो रेकर्ड गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

यसअघिको नियमावलीमा यस्तो स्पष्ट प्रतिबन्ध नरहेको भए पनि नयाँ मस्यौदाले बैठकको मर्यादा, गोपनीयता र अनुशासन कायम गर्न कडाइ गरिएको बुझिएको छ।

यस निर्णयसँगै संसद् बैठकभित्र अनधिकृत रेकर्डिङ तथा फोटो खिच्ने कार्य नियन्त्रणमा आउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com