काठमाडौं गृहमन्त्री सुधन गुरुङ ले अहिले उच्च सुरक्षा अधिकारीसँग छलफल गरिरहेका छन् ।
गुरुङले अहिले आईजीपी दानबहादुर कार्की, काठमाडौंका सीडीओ ईश्वरराज पौडैललगायतका सुरक्षा अधिकारीसँग मन्त्रालयमा छलफल गरिरहेको स्रोतले बतायो ।
केही प्रकरणका फायल खुल्दै उच्च तहका व्यक्ति पक्राउ गर्ने तयारीसहित बैठक जारी रहेको स्रोतको दाबी छ ।
बिचौलिया दीपक भट्टसँगको व्यवसायिक साझेदारीको पोल खुलेपछि राजीनामाको दबाब झेलिरहेका गुरुङले सोमबार राति राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेकाहरूले आफूमाथि मिडिया ट्रायल र प्रायोजित हल्ला फैलाएको जिकिर गरेका थिए ।
फेसबुकमार्फत् गुरुङले ‘कारबाही रोकिँदैन, डगमगाइँदैन’ भन्दै चेतावनी दिएका थिए ।
प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया