काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद (जबज)’का अगाडि लोकप्रियतावाद, अराजकतावाद र अवसरवादजस्ता चुनौतीहरू अस्थायी मात्र रहेको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा संस्थापक नेताहरूलाई स्मरण गर्दै उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा व्यक्त गरेका हुन्।
पोखरेलले ‘जबज’का सुदृढ विचारहरूका सामु एल्गोरिदमले नेपाली राजनीतिमा बढाएको लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद दीर्घकालीन चुनौती नभई क्षणिक प्रभाव मात्रै भएको उल्लेख गरेका छन्। साथै, कम्युनिस्ट आन्दोलनको गौरवशाली इतिहासप्रति सम्मान व्यक्त गर्दै ‘जबज’को मार्गदर्शनमा समाजवादतर्फ दृढतापूर्वक अघि बढ्न आह्वान गरेका छन्।
त्यसैगरी, पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उपत्यकामा रहेका नेता तथा कार्यकर्तालाई सहभागी हुन र उपत्यकाबाहिर सम्बन्धित कमिटीहरूले आयोजना गरेका कार्यक्रममा समेत सक्रिय सहभागिता जनाउन उनले आग्रह गरेका छन्।
प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार













प्रतिक्रिया