काठमाडौं । मेडिकल व्यवसायी दुर्गा  प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले प्रसाईँलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ (१) अनुसार कारबाही गर्न माग गरेको हो। उक्त व्यवस्थाअनुसार दोषी ठहर भएमा एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।

advertisement

अभियोजन पक्षले प्रसाईँले पटक–पटक समान प्रकृतिको कसुर दोहोर्‍याएको भन्दै दफा ४७ (२) बमोजिम थप सजायको मागसमेत गरेको छ। साथै, अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार पीडित राहत कोषमा क्षतिपूर्ति रकम भराउनुपर्ने माग पनि गरिएको छ।

अभियोगपत्रअनुसार प्रसाईँले सामाजिक सञ्जाल फेसबुकमार्फत निर्वाचन लक्षित भ्रामक, उत्तेजक तथा वैमनस्यता फैलाउने अभिव्यक्ति दिएका थिए। विशेषगरी २०८२ फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनबारे ‘निर्वाचन भए देश टुक्रिन्छ’ जस्ता अभिव्यक्ति दिँदै आचारसंहिता उल्लंघन गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

त्यसैगरी, उनले फेसबुकमा सार्वजनिक गरेका भिडियोहरूमा राजसंस्था र हिन्दु राज्य पुनःस्थापना नभएसम्म चुनाव हुन नदिने चेतावनी दिँदै चुनाव भए देशमा अशान्ति निम्तिने दाबी गरेका थिए। ती सामग्रीमा “मर्न र मार्न तयार” जस्ता हिंसात्मक तथा उत्तेजक अभिव्यक्ति प्रयोग गरिएको प्रमाणका रूपमा पेश गरिएको छ।

प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com