काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङले रामराज्यको परिकल्पना गर्नेहरूले त्याग र नैतिक साहस प्रदर्शन गर्न आवश्यक रहेको बताएका छन्।

विवादित व्यवसायीसँग सेयर कारोबारमा संलग्न रहेको आरोप लागेपछि सुधन गुरुङले बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएका हुन्।

advertisement

राजीनामाबारे जानकारी दिँदै उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गरेका छन्। उनले लेखेका छन्, ‘कति मिडियाकर्मी साथीहरूको कहाँ कहाँ ‘स्वीट सेयर’ छ, बिस्तारै खुल्दै जाला। रामराज्य चाहनेहरूले त्याग र नैतिक साहस देखाउन पनि सक्नुपर्छ।’

प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेकै दिन मन्त्रिपरिषद् गठन गर्दा गुरुङलाई गृहमन्त्री नियुक्त गरेका थिए। प्रारम्भिक चरणमा उच्च पदस्थ कर्मचारीलाई कारबाही गरी चर्चा कमाएका गुरुङ पछिल्लो समय भने विवाद र आलोचनाको केन्द्रमा पुगेका थिए।

गुरुङले स्वार्थको द्वन्द्व उत्पन्न नहोस् भन्ने उद्देश्यले आफूले पद त्याग गरेको स्पष्ट पारेका छन्। साथै, आफूमाथि निष्पक्ष र पारदर्शी छानबिन गरिनुपर्ने माग पनि उनले गरेका छन्।

प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com