काठमाडौं । बलात्कारसम्बन्धी आरोपमा पक्राउ परेका नेकपा एमाले कर्णाली प्रदेशका नेता कर्णबहादुर मल्ललाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
जिल्ला अदालत ललितपुरका न्यायाधीश भगवती शर्मा ढुङ्गानाको इजलासले प्रारम्भिक प्रमाणका आधारमा मल्ललाई थुनामा राखेर मुद्दाको थप सुनुवाइ अघि बढाउन निर्देशन दिएको हो। मल्लविरुद्ध एक महिलाको जाहेरीका आधारमा बलात्कार तथा गर्भसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो।
प्रहरीले उनलाई गत चैत १४ गते पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।
उजुरी दिने महिलाका अनुसार, उनी पेशागत रूपमा गीत गाउने काममा संलग्न थिइन्। सोही क्रममा मल्लसँग चिनजान भएको र त्यसैको बहानामा आफूमाथि जबर्जस्ती गरिएको उनले आरोप लगाएकी छन्।
प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार













प्रतिक्रिया