काठमाडौं । नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्का ले आफ्नो पक्षसँग निकट रहेका निवर्तमान केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन्।

आगामी वैशाख १५ गतेका लागि तय गरिएको उक्त बैठक काठमाडौँको महाराजगञ्जस्थित एक होटलमा बस्ने तयारी गरिएको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति तथा पार्टीभित्रको अवस्थाबारे छलफल हुने अपेक्षा गरिएको छ।

advertisement

सर्वोच्च अदालतले पार्टीको आधिकारिक नेतृत्वसम्बन्धी निर्णय गरेपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै आगामी रणनीति तय गर्न बैठक आयोजना गरिएको जनाइएको छ।

पूर्णबहादुर खड्का निकट समूहले अदालतको निर्णय स्वीकार गर्ने धारणा यसअघि नै सार्वजनिक गरिसकेको छ। साथै पार्टी नेतृत्वबीच सहमति कायम गर्न सभापति गगन थापाले खड्कासँग संवाद प्रक्रिया अघि बढाएको पनि उल्लेख गरिएको छ।

प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com