काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पेज पुनः सञ्चालनमा आएको छ। बुधबार राति ‘हर्क साम्पाङ अ रिभोल्युसन’ नामको पेज फेरि सक्रिय देखिएको हो।
१४ लाखभन्दा बढी फलोअर रहेको उक्त पेज केही दिनअघि अचानक हराएको थियो। अहिले पुनः सक्रिय बनेको पेजमा ६ दिनअघिको अन्तिम पोस्ट यथावत् देखिन्छ।
यसअघि सरकारले पूर्व–पश्चिम राजमार्गलाई ‘महेन्द्र राजमार्ग’ भनेर उल्लेख गरेपछि साम्पाङले सोही पेजमार्फत व्यंग्यात्मक प्रतिक्रिया दिएका थिए। उनले ‘यलम्बर सडक’ नाम राख्नुपर्ने टिप्पणी गरेपछि उक्त अभिव्यक्ति विवादमा परेको थियो।
त्यसपछि धेरै प्रयोगकर्ताले एकैपटक रिपोर्ट गरेपछि पेज अस्थायी रूपमा निलम्बनमा परेको थियो।
प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार












प्रतिक्रिया