काठमाडाैं । जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सुकुम्बासी बस्ती खाली गर्न सुरक्षा निकायलाई दिइएको निर्देशनप्रति तीव्र असन्तुष्टि व्यक्त गरेकी छन्।

प्रधानमन्त्री शाहले बुधबार सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएका थिए। सो निर्णयप्रति प्रतिक्रिया जनाउँदै बमले सामाजिक सञ्जालमार्फत उक्त कदमको आलोचना गरेकी हुन्।

advertisement

उनले प्रधानमन्त्रीको यस्तो निर्देशनलाई ‘अपरिपक्व निर्णय’ मात्र नभई सुकुम्बासी नागरिकप्रति सम्पूर्ण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘राजनीतिक बेइमानी’ को संकेतका रूपमा व्याख्या गरेकी छन्। बमले लेखेकी छन्, ‘बालेन, तपाईंको बुझाइ यही हो भने यो केवल अपरिपक्वता होइन, जनताप्रतिको स्पष्ट राजनीतिक बेइमानी हो।’

प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com