काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको दोस्रो बैठक बिहीबार दिउँसो ३ बजे बस्दै छ ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार असिम शाह को संयोजकत्व कार्यदल गठन गरिएको छ ।
कार्यदलको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।
बैठकमा राजनीतिक दलका लिखित धारणासहित पहिचान भएका संविधान संशोधनका मुद्दा र कार्यदलको आगामी कामकारबाहीबारे छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार













प्रतिक्रिया