पोखरा। कास्की प्रहरीले शान्ति सुरक्षा कायम गर्न बुधबार राति व्यापक ‘स्वीप अपरेसन’ सञ्चालन गरेको छ ।

उक्त अपरेसनका क्रममा एकै रात १ सय २२ भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

advertisement

प्रहरीका अनुसार विभिन्न युनिटसँग समन्वय गरी पोखराका विभिन्न स्थानमा एकैसाथ अपरेसन चलाइएको हो ।

पक्राउ पर्नेहरूमा सबैभन्दा धेरै बैदाम क्षेत्रबाट ३९ जना रहेका छन् । त्यस्तै, रामबजारबाट २२ जना, बगरबाट १२ जना, सिसुवा क्षेत्रबाट ३८ जना र पृथ्वीचोक आसपासबाट ११ जना नियन्त्रणमा लिइएका छन् ।

पक्राउ परेकामध्ये अधिकांश लागुऔषध सेवनमा संलग्न रहेको पाइएको छ ।

विशेषगरी ८२ जना गाँजा सेवन गरिरहेको अवस्थामा फेला परेका थिए ।

यसबाहेक सार्वजनिक स्थलमा होहल्ला गर्ने, सर्वसाधारणलाई असहज हुने गतिविधि गर्ने, शान्ति भंग गर्ने तथा जथाभाबी सवारी चलाएर ध्वनि प्रदूषण गर्ने व्यक्तिहरूलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिइएकाहरूलाई आवश्यक सम्झाइबुझाइ गरेर अभिभावकको जिम्मा लगाउने तयारी गरिएको जनाएको छ ।

गतिविधिको प्रकृति हेरेर पहिलो पटकका लागि सचेत गराउँदै आगामी दिनमा यस्ता कार्य नगर्ने प्रतिबद्धता लिने गरी छाडिने प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com