काठमाडौं । प्युठानमा भारतीय तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
स्वर्गद्वारीतर्फ जाँदै गरेको लु१ज ३१७५ नम्बरको जीप बिहीबार दिउँसो प्युठान नगरपालिका–४ टाकुरा सडकखण्डमा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं डीएसपी नरहरि अधिकारीका अनुसार दुर्घटनामा एक जनाको घटनास्थलमै ज्यान गएको हो।
दुर्घटनामा परेका अधिकांश यात्रु गम्भीर घाइते भएका छन्। घाइतेहरूको उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार













प्रतिक्रिया