काठमाडौं । सरकारले वैशाख १७ गतेका लागि तय गरिएको सङ्घीय संसद् अधिवेशन स्थगित गर्न राष्ट्रपतिको कार्यालयमा औपचारिक पत्र पठाएको छ।

यसअघि सरकारकै सिफारिसमा वैशाख ९ गते राष्ट्रपति रामचन्द्र पौडेलले उक्त मितिमा अधिवेशन आह्वान गरेका थिए। तर, त्यसको भोलिपल्ट वैशाख १० गते सरकारले अधिवेशन रोक्न अनुरोध गर्दै नयाँ पत्र पठाएको हो।

advertisement

राष्ट्रपतिको सचिवालयका अनुसार उक्त पत्र अपराह्न करिब ४ बजे प्राप्त भएको थियो। तर, अधिवेशन कहिले पुनः आह्वान गर्ने भन्नेबारे पत्रमा कुनै मिति उल्लेख गरिएको छैन।

हालसम्म राष्ट्रपतिको कार्यालयले अधिवेशन स्थगनसम्बन्धी अन्तिम निर्णय गरिसकेको छैन। यस विषयमा आन्तरिक छलफल जारी रहेको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com