एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सम्बन्धी नीतिप्रति असहमति जनाउँदै गर्भवती महिलाहरू बच्चा जन्माउनकै उद्देश्यले अमेरिका आउने गरेको दाबी गरेका छन्।

सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा सार्वजनिक गरेको विस्तृत वक्तव्यमा उनले अमेरिकी नागरिकता प्राप्त गर्नकै लागि धेरै महिला गर्भावस्थाको अन्तिम चरणमा अमेरिका प्रवेश गर्ने गरेको उल्लेख गरेका हुन्।

advertisement

ट्रम्पका अनुसार अमेरिकामा जन्मिएको बच्चाले स्वतः नागरिकता पाउने व्यवस्थाको दुरुपयोग भइरहेको छ। उनले यस्तो प्रक्रियामार्फत आप्रवासीहरूले आफ्नो परिवारलाई समेत अमेरिका ल्याउने गरेको आरोप लगाएका छन्।

यस क्रममा उनले केही देशहरूको सन्दर्भ दिँदै त्यहाँबाट आउने आप्रवासीहरू अमेरिकामा घुलमिल हुन नसकेको र राष्ट्रप्रतिको प्रतिबद्धता कमजोर हुने दाबी पनि गरेका छन्। साथै, यस्तो प्रवृत्तिले अमेरिकी समाजमा भाषिक र सांस्कृतिक प्रभाव समेत परेको उनको भनाइ छ।

ट्रम्पले विगतमा युरोपबाट आएका आप्रवासीहरू—जस्तै आयरिश, पोलिश, लिथुएनियन, रोमानियन र रुसी मूलका—अमेरिकी समाजमा सहजै समाहित भएको उल्लेख गर्दै हालका आप्रवासीहरूको अवस्था फरक रहेको टिप्पणी गरेका छन्।

प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com