काठमाडौं । व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बिहीबार काठमाडौँको नारायणचौर क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरी स्रोतका अनुसार हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर कारोबारमा इन्साइडर ट्रेडिङ (भित्री कारोबार) भएको आशंकामा अनुसन्धान अघि बढाइएपछि गोल्छालाई पक्राउ गरिएको हो। यस सम्बन्धमा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनुसन्धानका लागि सिफारिस गरेको थियो।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार













प्रतिक्रिया