काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि शुक्रबार निर्वाचन प्रक्रिया अघि बढाउने भएको छ। पार्टीले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ भने मतदान साँझ ५ बजेसम्म सम्पन्न गरिनेछ।
दलको नेताका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे प्रमुख प्रतिस्पर्धीका रूपमा देखिएका छन्। यस्तै मोहन आचार्यदेखि निष्कल राईसम्मका नाम पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा छन्।
प्रतिनिधि सभामा नेपाली कांग्रेसका ३८ सांसद रहेका छन्, जसले दलको नेता चयनका लागि मतदान गर्नेछन्।
पार्टीभित्रको आन्तरिक मतभेदका कारण ढिलाइ हुँदै आएको नेतृत्व चयन प्रक्रिया अहिले औपचारिक रूपमा अघि बढाइएको हो। सर्वोच्च अदालतले सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि संसदीय दलको निर्वाचन प्रक्रिया अघि बढाइएको हो।
प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार













प्रतिक्रिया