सीजी फुड्सले ल्यायो ‘वाइ वाइ क्लासिक’

७५ ग्राम वाइ वाइ क्लासिकको मूल्य रु ३०



काठमाडौं । वाइ वाइ उत्पादन को चार दशक पूरा भएको अवसरमा सीजी फुड्स नेपालले ‘वाइ वाइ क्लासिक’ बजारमा ल्याएको छ ।

कम्पनीले “उही स्वाद, उही याद” भन्ने नारासहित वाइवाइ क्लासिकलाई सार्वजनिक गरेको हो ।

advertisement

७५ ग्रामको वाइवाइ क्लासिक प्याकेटको मूल्य रु. ३० निर्धारण गरिएको छ । वाइवाइको मौलिक स्वादलाई जोगाउँदै वाइ वाइ क्लासिकलाई अझ परिस्कृत रूपमा उपभोक्ता माझ प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । साथै, यसमा डिहाइड्रेटेड भेजीटेबल र चिली फ्लेक्स समावेश गरिएकोले स्वादलाई अझ सन्तुलित बनाएको कम्पनीको दावी छ ।

वाइ वाइ नेपाली उपभोक्ताको दैनिक जीवनसँग गहिरो रूपमा जोडिएको ब्रान्ड हो । विद्यालयको टिफिनदेखि रातिको खाजासम्म, होस्टेलदेखि घरको भान्सासम्म यो हरेक पुस्तासँग जोडिएको छ ।

सीजी फुड्सका बिजनेस हेड उपेन्द्र प्रधानले वाइ वाइ नेपाली घर–परिवारको विशेष हिस्सा रहँदै आएको उल्लेख गर्दै वाइ वाइ क्लासिकमार्फत नेपाली उपभोक्ताको पुरानो अनुभव र भावनासँग पुनः जोडिन खोजिएको बताए ।

कम्पनीले वाइ वाइ क्लासिकमार्फत उपभोक्ताहरूको वाइ वाइसँगको पुराना रमाइला पलहरू तथा सम्झनालाई पुनः जीवन्त बनाउने विश्वास व्यक्त गरेको छ ।

नेपाली बजारमा ६० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको वाइवाइ अहिले विश्व बजारको ४ प्रतिशत हिस्सा सहित अत्यधिक रुचाइएको नेपाली चाउचाउ हो । हरेक वर्ष झण्डै २० प्रतिशतले वृद्धि भइरहेको यसको अन्तर्राष्ट्रिय बजार विस्तारले नेपाली उत्पादन पनि विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने प्रमाणित गर्दै आएको छ ।

प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com