पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आइपुगेका छन्। उनी बुद्ध एयरको जहाजमार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
शाहसँगै उनकी धर्मपत्नी कोमल शाह पनि पोखरा पुगेकी छन्।
उनीहरू पोखराको लेकसाइडस्थित होटल सोल्टीमा बस्ने कार्यक्रम रहेको जनाइएको छ। स्रोतका अनुसार उनीहरू केही समय विश्राम तथा घुमफिर का लागि पोखरा आएको बताइएको छ।
हालसम्म पूर्वराजा शाहको विस्तृत कार्यतालिका सार्वजनिक गरिएको छैन।
यद्यपि, निकट स्रोतका अनुसार उनले गोरखनाथ मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ। अन्य कार्यक्रमहरू भने आवश्यकता अनुसार पछि तय गरिने जनाइएको छ।
लोकतन्त्र दिवसकै दिन उनको पोखरा आगमनलाई लिएर विभिन्न अनुमानहरू गरिएको भए पनि यसपटक कुनै राजनीतिक भेटघाट नहुने बताइएको छ।
उल्लेखनीय छ, पूर्वराजा शाह यसअघि पनि पोखरा आएर केही समय बसेका थिए। यसपटकको भ्रमणलाई भने (विश्राम तथा घुमफिर) व्यक्तिगत तथा विश्राममुखी भ्रमणका रूपमा लिइएको छ।
प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार













प्रतिक्रिया