काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राई थापाथलीस्थित सुकुम्बासी बस्तीको अवलोकन गर्न पुगेका छन्।
सरकारले थापाथली क्षेत्रमा बसोबास गरिरहेका सुकुम्बासी बस्ती हटाउने तयारी गरिरहेका बेला सांसद राई शुक्रबार उक्त बस्तीमा पुगेका हुन्।
विकल्पबिनै आफूहरूलाई विस्थापित गर्न खोजिएको भन्दै सुकुम्बासीहरूले प्रदर्शन गरिरहेको अवस्थामा उनी बस्तीमा पुगेका थिए।
अवलोकनपछि सांसद राईले सुकुम्बासीको पक्षमा आफ्नो पार्टी सधैं उभिने बताएका छन्। उनले भने, ‘हामी सुकुम्बासीको पक्षमा हुनेछौं। हाम्रो पार्टी सधैं साथमा रहनेछ। अन्य पार्टीका विषयमा म केही भन्न सक्दिनँ, तर म व्यक्तिगत रूपमा सुकुम्बासी अधिकारका लागि निरन्तर आवाज उठाइरहनेछु।’
प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार












प्रतिक्रिया