काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज तय गरिएको निर्वाचन स्थगित गरिएको छ।

निर्वाचन समितिका सदस्य मुना भुसालका अनुसार निर्वाचनको नयाँ मिति भने हालसम्म तय गरिएको छैन। दलको नेता सहमतिमार्फत चयन गर्ने प्रयासस्वरूप उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा सात सदस्यीय समिति गठन गरिएको छ।

advertisement

समितिमा पुष्पा भुसाल, प्रदीप पौडेल, गुरुराज घिमिरे, निर्वाचन समिति संयोजक प्रकाश भुसाल र सदस्य राजु कटुवाललगायत रहेका छन्।

यसैबीच, पुष्पा भुसाल कांग्रेसकी उपसभापति हुन् भने गुरुराज घिमिरे र प्रदीप पौडेल महामन्त्री तहका नेताहरू हुन्।

अब निर्वाचन कहिले हुने वा सहमतिमार्फत टुंगिने भन्ने विषयमा केही बेरमै समितिले औपचारिक विज्ञप्ति जारी गरी जानकारी दिने सदस्य भुसालले बताएकी छन्।

प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com