काठमाडौं । काठमाडौं जिल्ला अदालतले व्यवसायी शेखर गोल्छा माथि अनुसन्धान गर्न चार दिनको म्याद थप गर्न अनुमति दिएको छ।
उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्षसमेत रहेका गोल्छालाई बिहीबार काठमाडौंको नक्साल क्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो। उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीमाथि धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ।
अदालतबाट म्याद थप भएसँगै अब उनीमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइने जनाइएको छ।
प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार












प्रतिक्रिया