काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयको पूर्वसूचना अनुसार नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा बनेका अनधिकृत सुकुम्बासी बस्ती हटाउने काम आज (शनिबार) बिहानदेखि सुरु गरिँदैछ ।

नदीको प्राकृतिक बहावमा अवरोध पुगेको र सहरी पूर्वाधार विकासमा असर परेको भन्दै प्रशासनले वैशाख ११ गते साँझ ७ बजेसम्म ती संरचना खाली गर्न अन्तिम समयसीमा दिएको थियो । उक्त समयसीमा सकिएपछि आज वैशाख १२ गते बिहान ६ बजेदेखि अनधिकृत घरटहरा भत्काउने र अतिक्रमित क्षेत्र पूर्ण रूपमा खाली गराउने प्रक्रिया अघि बढाइने जनाइएको छ ।

advertisement

प्रशासनले शुक्रबार नै सूचना जारी गर्दै बस्ती खाली गर्न, साथै आफ्ना सामान, लत्ताकपडा तथा घरपालुवा जनावर सुरक्षित स्थानमा सार्न आग्रह गरेको थियो । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर सुरक्षित स्थानान्तरण गर्न निर्देशन दिइएको छ ।

यस कार्यमा अवरोध पुर्‍याएमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ ।

प्रशासनका अनुसार आगामी १० देखि १५ दिनभित्र वास्तविक भूमिहीन सुकुम्बासीको पहिचान गरी लगत संकलन गरिनेछ र उनीहरूको उचित बसोबासको व्यवस्था मिलाउने तयारी गरिएको छ ।

प्रकाशित मिति: १२ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com