काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौँ महानगरका प्रमुख बालेन शाहलाई लक्षित गर्दै जनतालाई अनावश्यक दुःख नदिन सुझाव दिएका छन् ।
सामाजिक सञ्जालमा उनले लेख्दै भनेका छन्, “बालेन जी… तपाईँलाई मेरो सुझाव– जनतालाई धेरै दुःख नदिनुहोस्। जग्गा–जमिन कसैको स्थायी हुँदैन। अन्ततः सबै मानिस एक दिन माटोमा विलय हुने हो।”
साम्पाङले थप लेखेका छन्, “विकासमा ध्यान दिनुहोस्, पुरानो झगडा र प्रतिशोध छोड्नुहोस्। आजको अवस्थामा तपाईँकै नेतृत्वमा पनि विवाद देखिन्छ, त्यसलाई त्याग्नुपर्छ।”
प्रकाशित मिति: १२ बैशाख २०८३, शनिबार













प्रतिक्रिया