काठमाडौं । सरकारले शनिबार काठमाडौं महानगरपालिकाभित्रका थापाथली र गैह्रीगाउँस्थित सुकुमवासी बस्तीहरू शान्तिपूर्वक खाली गराएको छ।
काठमाडौं महानगरपालिकाका अनुसार बस्ती हटाउने क्रममा कुनै अवरोध नभएको र विस्थापित परिवारहरूलाई विभिन्न स्थानमा स्थापना गरिएका होल्डिङ सेन्टरमा व्यवस्थापन गरिएको छ।
यसैबीच, भक्तपुरको मनोहरा क्षेत्रका सुकुमवासी बस्ती हटाउने तयारी तीव्र पारिएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार नदी किनारमा बसोबास गर्दै आएका करिब ८० प्रतिशत बासिन्दाले आफ्ना सामग्रीसहित बस्ती छाडिसकेका छन् भने बाँकीले पनि स्थानान्तरण प्रक्रिया जारी राखेका छन्।
मनोहरा क्षेत्रमा कुल ७७७ घरटहरामा करिब १,६०० भन्दा बढी व्यक्तिको बसोबास रहेको थियो। हालसम्म उक्त क्षेत्रमा डोजर प्रयोग गरिएको छैन, तर आइतबारदेखि बस्ती पूर्ण रूपमा हटाउन डोजर परिचालन गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ।
बासिन्दाहरूले स्वेच्छाले सामान सारिरहेको अवस्थामा सरकारको तर्फबाट बस्ती खाली गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ।
प्रकाशित मिति: १२ बैशाख २०८३, शनिबार












प्रतिक्रिया