काठमाडौं । काठमाडौँ उपत्यकाको जडिबुटी क्षेत्रमा अतिक्रमित भूमि खाली गराउने क्रममा झडपको स्थिति सिर्जना भएको छ। भक्तपुरतर्फको भागमा डोजर प्रयोग गरेर संरचना हटाउने प्रयास भइरहेका बेला स्थानीयले कडा विरोध जनाउँदै ढुंगामुढा प्रहार गरेका हुन्।

अतिक्रमित बस्ती हटाउन खटिएको सुरक्षाकर्मी तथा प्राविधिक टोलीलाई लक्षित गर्दै ढुंगा प्रहार भएपछि स्थिति तनावपूर्ण बनेको हो। प्रतिरोध बढेसँगै केही समययता भत्काउने कार्य पूर्ण रूपमा अवरुद्ध भएको छ।

advertisement

चारैतिरबाट ढुंगामुढा हुन थालेपछि सशस्त्र प्रहरी बल (एपीएफ) ले आजका लागि अभियान स्थगित गरेको जनाएको छ। अवस्था थप बिग्रन नदिन टोली क्रमशः पछाडि हट्दै गएको छ।

प्रकाशित मिति: १२ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com