काठमाडौं । सुनसरीको इटहरीबाट प्रहरीले ६० हजारभन्दा बढी पिस लागुऔषधसहित एक भारतीय नागरिक लाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार शनिबार राति भारतको बिहार राज्यस्थित नरपतगञ्जका २९ वर्षीय मोहम्मद सहनेवाजलाई पक्राउ गरिएको हो।

advertisement

प्रहरीले इटहरी उपमहानगरपालिका–११ मा भाडामा बस्दै आएका सहनेवाजको डेरामा छापा मार्दा ट्रामाडोल नामक पीडानाशक औषधिका ५० हजार ५ सय ४० क्याप्सुल र डाइसाइक्लोमिन नामक पेटसम्बन्धी औषधिका ९ हजार ५ सय २० ट्याब्लेट बरामद गरेको जनाएको छ।

विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा सहनेवाजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट उनले भारतबाट लागुऔषध ल्याई इटहरी हुँदै पूर्वका विभिन्न स्थानमा लुकिछिपी वितरण गर्ने गरेको खुल्न आएको छ।

पक्राउ परेका सहनेवाजविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३ बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com