बुटवल । बुटवलस्थित उच्च अदालतको अतिक्रमित सरकारी जग्गा खाली गराउन बिहान १० बजेदेखि डोजर चलाइएको छ । डोजर परिचालन भएसँगै त्यहाँ रहेका टहरा, पसल तथा अस्थायी संरचना हटाउने काम सुरु गरिएको हो ।

बुटवल उपमहानगरपालिकाले उच्च अदालतको अनुरोधमा बुटवल–४ जेसिज चोक उत्तरतर्फ रहेको सरकारी जग्गा खाली गराउने अभियान अघि बढाएको जनाएको छ । डोजर चल्ने सूचना पाएपछि बिहानैदेखि व्यवसायी तथा संरचना बनाएकाहरू सामान सार्न र स्थान खाली गर्न व्यस्त देखिएका थिए ।

advertisement

उक्त क्षेत्रमा वर्षौंदेखि घरटहरा, पसल तथा विभिन्न संघसंस्थाका भवन निर्माण गरी सरकारी जग्गा उपयोग हुँदै आएको बताइएको छ । उपमहानगरपालिकाले अतिक्रमित क्षेत्र हटाएर सार्वजनिक सम्पत्ति संरक्षण गर्ने उद्देश्यले अभियान सुरु गरेको जनाएको छ ।

लामो समयदेखि अतिक्रमणमा परेको अदालतको जग्गा संरक्षणका लागि यसअघि पनि पटक–पटक प्रयास भएपनि कार्यान्वयन हुन सकेको थिएन । यसपटक भने बिहानैदेखि डोजर परिचालन भएपछि क्षेत्रमा चहलपहल बढेको छ ।

प्रकाशित मिति: १३ बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com