काठमाडौं। हर्कराज राई (साम्पाङ) ले सुकुमबासी बस्ती भत्काइएको घटनाप्रति तीव्र आक्रोश व्यक्त गरेका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका उनले आइतबार सामाजिक सञ्जालमार्फत सरकारको कदमप्रति असन्तुष्टि जनाएका हुन्।
उनले सुकुमबासीमाथि दमन भएको आरोप लगाउँदै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
उनले लेखेका छन्, “गरिब नेपाली सुकुमबासीलाई हटाउन ठूलो संख्यामा प्रहरी खटाउने सरकारले सीमावर्ती क्षेत्र लिपुलेक र महाकालीमा कति सेना पठायो?” भन्दै सरकारको प्राथमिकतामाथि प्रश्न गरेका छन्।
साम्पाङले बस्ती भत्काइएपछि सर्वसाधारण सडकमा बस्न बाध्य भएको उल्लेख गर्दै सरकारको कदमप्रति आपत्ति जनाएका छन्।
उनले जनप्रतिनिधिहरूको भूमिकामाथि पनि प्रश्न उठाउँदै सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका छन्।
उनले सामाजिक सञ्जालमार्फत एक जना प्रमुख नेताको नाम उल्लेख गर्दै सरकारको कदमप्रति प्रतिक्रिया मागेका छन्।
साथै, उनले संसद् चाँडो सञ्चालन गर्नसमेत आग्रह गरेका छन्।
सुकुमबासी बस्ती हटाउने सरकारी कदमपछि राजनीतिक तथा सामाजिक क्षेत्रमा विभिन्न प्रतिक्रिया आइरहेका छन्।
प्रकाशित मिति: १३ बैशाख २०८३, आइतबार













प्रतिक्रिया