काठमाडौं। धर्म चौधरी ले नेपालमा जित–हारमा केन्द्रित राजनीतिक अभ्यास अन्त्य गरी सबैलाई समेट्ने सहकार्यको राजनीति आवश्यक रहेको बताएका छन्।

उज्यालो नेपाल पार्टीका महासचिवसमेत रहेका उनले आइतबार आयोजित ‘संवाद एक्सप्रेस’ कार्यक्रममा बोल्दै संविधानले परिकल्पना गरेको समन्वय, सहकार्य र सहअस्तित्वको मर्मअनुसार अघि बढे मात्र देश विकासले गति लिने बताए।

advertisement

उनले तीन तहका सरकारबीच सहकार्य र समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै संविधानको भावना अनुरूप काम गरे देशले सकारात्मक दिशा लिन सक्ने धारणा राखे।

चौधरीले अरूको भूमिकामा बढी चासो दिने तर आफ्नो जिम्मेवारी पूरा नगर्ने प्रवृत्तिका कारण अपेक्षित परिणाम आउन नसकेको टिप्पणी गरे।

पत्रकारिताको भूमिकाबारे बोल्दै उनले संविधानले दिएको स्वतन्त्रताको सही उपयोग गर्दै जनताको आवाज प्रभावकारी रूपमा उठाउनुपर्ने बताए।

स्वतन्त्र र जिम्मेवार पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउने उनको भनाइ थियो।

देशका वर्तमान समस्या समाधानका लागि सत्ता पक्ष, प्रतिपक्ष र सडकमा रहेका सबै पक्षलाई एउटै मञ्चमा ल्याएर साझा धारणा बनाउनु आवश्यक रहेको उनले उल्लेख गरे।

उनले भने, “नेपालमा जित्ने खेल मात्र खेलिरहनु उपयुक्त छैन, अब सबैलाई समेट्ने अभ्यासतर्फ जानुपर्छ।”

प्रकाशित मिति: १३ बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com