काठमाडौं। त्रिभुवन विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट रंगशाला खाली गर्न नेपाल क्रिकेट संघ (क्यान)लाई ३५ दिनको समयसीमा दिएको छ।
त्रिविले अतिक्रमित जग्गा फिर्ता ल्याउने अभियान अन्तर्गत गत वैशाख ४ गतेदेखि जारी गरेको ३५ दिने सूचनामा त्रिवि क्रिकेट रंगशालासमेत समेटिएको हो।
सोही अनुसार त्रिवि रजिस्ट्रार कार्यालयको सामान्य प्रशासन महाशाखाले क्यानलाई औपचारिक रूपमा सूचना पठाएको छ।
त्रिवि र क्यानबीच भएको सम्झौता यही वैशाख महिनाको अन्त्यमा समाप्त हुँदैछ। सम्झौता नवीकरणको विषय टुंगिन बाँकी रहँदा त्रिविले रंगशाला खाली गर्न निर्देशन दिएको हो।
यसैबीच, नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले भने त्रिविबाट आधिकारिक पत्र प्राप्त नभएको बताएका छन्। क्यानको बोर्ड बैठकले त्रिविसँग सम्झौता नवीकरणका लागि पत्राचार गर्ने निर्णय गरेको जनाएको छ।
प्रकाशित मिति: १३ बैशाख २०८३, आइतबार













प्रतिक्रिया