काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित पूर्व-पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

डण्डाबाट अरुणखोलातर्फ आउँदै गरेको लु१अ यो १६ नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको म प्र ०३-०४३ प ६६७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कर्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए।

advertisement

दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका-३ बस्ने २३ वर्षीय भुवन बोहरा र २५ वर्षीय प्रवेश बोहरा गम्भीर घाइते हुनुभएको थियो। घाइते दुवैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएकोमा भुवन बोहराको उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।

घाइते बोहरालाई थप उपचारका लागि चितवन मेडिकल कलेज लगिएको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीले दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ भने घटनास्थलमा प्रहरी टोली खटिएर थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: १३ बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com