काठमाडौँ । नेपाली कांग्रेस भित्र संसदीय दलको नेता चयन र अनुशासनसम्बन्धी विषयलाई लिएर आज (सोमबार) दिनभरि बैठकहरूको चाप रहने भएको छ। नेता चयन प्रक्रियामा देखिएको प्रतिस्पर्धा तथा उजुरी परेका नेताहरूमाथि कारबाहीबारे निर्णय गर्न पार्टीले तीनवटा छुट्टाछुट्टै बैठक बोलाएको हो।

संसदीय दलको नेता चयन जटिल बन्दै गइरहेका बेला बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नेछ। उक्त बैठकमा पार्टीका सभापति गगन थापा ले सहमतिका आधारमा नेता चयन गर्ने प्रस्ताव अघि सार्ने तयारी गरिएको छ।

advertisement

त्यसपछि दिउँसो १ बजे संसदीय दलको बैठक बस्नेछ। निर्वाचन समितिका संयोजक प्रकाश रसाइली का अनुसार सो बैठकले नेता चयनसम्बन्धी प्रक्रिया अन्तिम रूप दिएर अनुमोदन गर्ने कार्यसूची तय गरेको छ।

यसैगरी दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय अनुशासन समितिको बैठक बस्नेछ। समितिका सचिव दिनेश थापा मगर का अनुसार गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेकाहरू र उनीहरूका समर्थकहरूविरुद्ध परेका उजुरीमाथि छलफल हुनेछ।

साथै, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रामेछापका सभापति कान्छाराम तामाङ सँग मागिएको स्पष्टीकरणबारे पनि आजकै बैठकले आवश्यक निर्णय गर्ने जनाइएको छ।

प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com