काठमाडौं । नेपालका चर्चित हास्य कलाकार जितु नेपालले पहिलोपटक आफ्नै होम प्रोडक्सन कम्पनी “कर्मभूमि क्रियसन प्रा. लि.” मार्फत निर्माण गरेको चलचित्र ‘आइएम जीतबहादुर’ असार ५ गतेदेखि प्रदर्शनमा आउने भएको छ।
भारतीय निर्देशक सुवेन्दु घोषको निर्देशनमा तयार भएको यस चलचित्रका निर्माता स्वयं जितु नेपाल रहेका छन्। सह–निर्मातामा राजन सिम्खडा र दिपेन्द्र अधिकारी रहेका छन् भने कार्यकारी निर्मातामा निश्चल कुँवर र निरज नेपाल रहेका छन्।
चलचित्रको छायांकन अरबिन्द नारायण डोलाईले गरेका हुन् भने सम्पादन राज सिंह सिद्धुले गरेका छन्। चलचित्रको कथा तथा निर्देशन सुवेन्दु घोषकै रहेको छ। चलचित्रमा जीतु नेपाल, बर्षा राउत, प्रियंका कार्की, सन्दिप क्षेत्री, देशभक्त खनाल, सारह शर्मा लगायतको अभिनय रहेको छ।
निर्माता जितु नेपालका अनुसार यो चलचित्र उनको व्यक्तिगत जीवनमा आधारित बायोपिक नभई “जित बहादुर” नामको एक काल्पनिक पात्रको कथा हो। फिल्मले दर्शकलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको छ।
चलचित्रको गीत तथा ट्रेलर पनि छिट्टै सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ। असार ५ लाई प्रदर्शन मिति तय भएकाले सोही दिनदेखि चलचित्र देशभरका हलहरूमा प्रदर्शनमा आउने तयारी गरिएको छ।

प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार













प्रतिक्रिया