काठमाडौं । भीष्मराज आङ्देम्बे नेपाली कांग्रेस संसदीय दलको नेतामा सर्वसम्मत चयन हुने भएका छन्।
दलको नेता चयन प्रक्रियालाई सहमतिमा टुंग्याउन नेपाली कांग्रेस को केन्द्रीय कार्यसम्पादन समितिले विश्वप्रकाश शर्मा को नेतृत्वमा कार्यदल गठन गरेको थियो।
उक्त कार्यदलले गत वैशाख ११ गते गठन भएयता छलफल गर्दै आङ्देम्बेलाई नै सर्वसम्मत रूपमा अगाडि बढाउँदा पार्टी एकताको सन्देश जाने निष्कर्ष निकालेको हो। कार्यदलका एक पदाधिकारीका अनुसार आङ्देम्बेको पक्षमा सहमति जुटिसकेको छ।
आङ्देम्बे समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। यसअघि अर्जुननरसिंह केसी ले पनि सर्वसम्मत भए संसदीय दलको नेता बन्ने इच्छा व्यक्त गरेका थिए। केसी र आङ्देम्बे दुवै पूर्वसहमहामन्त्री तथा समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन्।
प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार













प्रतिक्रिया