काठमाडौं । एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत र शोभा पाठकबिच भुतलाभुतल भएको छ । माइतीघर मण्डलमा उनीहरूबिच भुतलाभुतल भएको हो ।

घटनाका क्रममा दुई जनाबीच झगडा चर्किएपछि प्रहरीले हस्तक्षेप गर्दै दुवैलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौँ पुर्‍याएको छ ।

advertisement

त्यस समय शोभा पाठक र रश्मिला धामीलगायतका युवतीहरू माइतीघरमा सुधन गुरुङलाई पुनर्बहाली गर्नुपर्ने मागसहित धर्नामा बसिरहेका थिए । सोही क्रममा अम्बिका बस्नेत समूहसहित पुगेपछि विवाद उत्पन्न भई झडपमा परिणत भएको बताइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार दुवै पक्षबीचको झगडा नियन्त्रणमा लिइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

भिडियाे: https://www.facebook.com/share/v/1CatZEqnAx/

प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com