काठमाडौं । सीमाविद् बुद्धिनारायण श्रेष्ठको फेसबुक एकाउन्ट अचानक निष्क्रिय भएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभागमा पर्ने दाबी गर्दै पुरानो नक्सा सार्वजनिक गरेपछि उनको एकाउन्ट हराएको हो ।

श्रेष्ठका अनुसार शनिबारदेखि उनको फेसबुक र म्यासेञ्जर दुवै प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेका छन् । उनले १८१६ को सन्धिअनुसार महाकाली नदीको उद्गम लिम्पियाधुरा रहेको उल्लेख गर्दै नक्सा सार्वजनिक गरेका थिए । त्यसपछि आफ्नो एकाउन्टमा समस्या आएको र छिमेकी देशबाट रिपोर्ट गरिएको भन्ने सूचना प्राप्त भएको उनले बताएका छन् ।

advertisement

यसका कारण उनी हाल सामाजिक सञ्जालमार्फत आफ्ना सम्पर्कहरूबाट समेत टाढिएका छन् ।

यसअघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक एकाउन्ट पनि केही समयका लागि निष्क्रिय भएको थियो, जुन पछि पुनः सञ्चालनमा आएको थियो । तर, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको फेसबुक एकाउन्ट भने अझै पुनःस्थापित हुन सकेको छैन ।

प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com