काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगित गरी अध्यादेशमार्फत कानुन ल्याउने तयारी गरेको छ ।

स्रोतका अनुसार सोमबार दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकमा संवैधानिक परिषद् लगायतका विषय समेटिएका अध्यादेश अघि बढाउने तयारी भइरहेको छ ।

advertisement

यसअघि सरकारकै सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गतेका लागि संघीय संसद् अधिवेशन आह्वान गरेका थिए । तर त्यसको भोलिपल्टै पुनः सरकारकै सिफारिसमा उक्त अधिवेशन स्थगित गरिएको थियो ।

अब सरकारले नियमित विधायन प्रक्रियाभन्दा बाहिर गएर अध्यादेशमार्फत कानुनी व्यवस्था गर्ने तयारी अघि बढाएको बुझिएको छ ।

प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com